‘‘ आजको सानो बचतले नै गरौं भविष्य सुनिश्चित ’’

परिचय
एकका लागि सबै र सबैका लागि एक भन्ने सिद्धान्तबाट अभिप्रेरित भई सिङ्गो अर्थतन्त्रको एक मजबुत अवयव सहकारी पनि हुन सक्दछ भन्ने मान्यताका आधारमा सम्भावना र चुनौतीका बिच २०६८ साल माघ २४ गते स्थापित त्रिफला बचत तथा ऋण सहकारी संस्था लिमिटेड सहकारीको आकाशमा रहेको एउटा चहकिलो तारा हो । समाज विकासको क्रममा वित्तीय गतितिधिहरु पनि तिव्र रुपमा वृद्धि भई रहेको र सिंगो देश नै सहकारीमय बन्दै गइरहेको परिवेशमा, समुचित आर्थिक कार्यक्रमको माध्यमबाट समुन्नत समाजको निर्माण गर्ने अभिप्रायले घरघरमा छरिएर रहेको स–साना पूँजीलाइ एकिकृत गरि उत्पादनमूलक, शिक्षामूलक र रोजगारमूलक एवं सेवामूलक क्षेत्रमा लगानी गरि आफ्ना शेयर सदस्यहरुलाई आत्मनिर्भर बनाउदै राष्ट्रिय रुपमा उत्पादकत्व वृद्धि गर्नका लागि त्रिफला बचत तथा ऋण सहकारी संस्था लिमिटेड सतत प्रतिबद्ध रहने छ । यस सहकारी संस्था आफ्ना शेयर सदस्यहरुबिच आत्मीयता र विश्वसनीयताको वातावरण सृजना गरि पारस्परिक एवं संस्थागत हितका लागि विभिन्न आर्थिक तथा सामाजिक कार्यक्रममा सकृय सहभागी गराउनुका साथै समस्त शेयर सदस्यहरुलाई सक्षम र सवल बदाउँदै सानै परिमाणमा भए पनि समग्र राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याई रहेको छ । अतः सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५, त्रिफला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको विधान २०६८ को अधिनमा रहि समय सापेक्ष सहकारीमय वातावरणमा विविध आर्थिक र सामाजिक कार्यक्रमको माध्यमबाट हामी सबैको सुख, शान्ति र समृद्धि नै हाम्रो स्वायत्तता हो भने यहि नै त्रिफलाको निरन्तरता पनि हो ।