‘‘ आजको सानो बचतले नै गरौं भविष्य सुनिश्चित ’’

हाम्रा सेवाहरु

बचत

मानवीय दिनचर्यामा प्रत्यक्ष वा परोक्ष रुपमा विविध विषयमा आर्जन भैरहेको हुन्छ । सो मध्य आर्थिक वस्तुको आर्जन मानवीय जीवनको लागि महत्वपूर्ण पक्ष हो । वर्तमानमा आर्जन गरेको धनको निश्चित अंश भविश्यका लागि जोगाएर राख्नु नै बचत हो । बचत भनेको बृद्धि पनि हो । तसर्थ आजको सानो आकारको बचत भविश्य सुनिश्चितताको आधार बन्न सक्दछ ।

ऋण / कर्जा / सापटी

अर्थ वा धन सम्पत्ति सदा गतिशील भैरहेको हुन्छ । अर्थात धन कहिले कसैसंग हुन्छ कहिले कसैसंग हुन्छ । धन अभावको अवस्थामा निश्चित अवधिको लागि अर्को पक्षबाट सापट लिई आर्थिक पक्ष मजबुत र चलायमान बनाउनु नै ऋण वा कर्जाको उपदेयता हो ।

अन्य सेवाहरु

यद्यपी सहकारीको मूल कार्य बचत तथा ऋण नै हो परन्तु आफ्ना सदस्यहरुका दैनिक जीवनमा आइपर्ने विविध कार्यहरुमा सःशुल्क वा निःशुल्क सहयोग गरि पुँजी र समयको बचत गराइदिनु पनि त्रिफलाको विशेष उद्घेश्य रहेको छ ।